शुरु भयो धरहरा पून: निर्माणको काम, २२ तलेअत्याधुनिक सुविधा सहितको धरहरा यस्तो बन्नेछ ![भिडियो]

Leaderboard Banner

काठमाडौँ- काठमाडौंको सुन्धारामा ११ तले नयाँ धरहरा निर्माण हुने भएको छ। नयाँ धरहरा पूरानो घराहरको आडैमा बन्न लागेको बुझिएको छ।

२०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले नेपालको ऐतिहासिक धरहरा पूर्णरूपले नष्ट भएको थियो। भूकम्प गएको ३ वर्ष सम्म पनि धरहरा पूननिर्माणको कुरा दिनहुँ हुने गरेको भएता पनि काम भने शुरु हुन सकेको थिएन।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दुई वर्षभित्र धरहरा तयार हुने गरी काम शुरु गरेको बताएको छ। पूरानो धरहरा ९ तले रहेको भएता पनि अब बन्ने धरहरा ११ तले हुनेछ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिइसकेको छ। नयाँ धरहरामा लगभग साढे तीन अर्ब लगानी लाग्ने आकलन गरिएको छ।

प्राधिकरणले जिम्मा दिएको रमन जेभीले धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु गरिसकेको बुझिएको छ।

भीमसेन थापाले निर्माण गर्दा धरहरा ११ तले रहेको थियो। १९९० को भूकम्प अगाडी धरहराको उचाइ ६९ दशमलव २ मिटर थियो। अब बन्ने धरहरा उचाइमा गजुरसहित जोडेर ७९ दशमलव २ मिटर हुनेछ।

देख्दा ११ ताला देखिएता पनि भित्र भने २२ तल बनाउने प्राधिकरणको योजना छ। आधुनिक तरिकाबाट निर्माण हुन लागेको धरहरामा भ-याङसहित लिफ्टसमेत राख्ने प्राधिकरणको योजना छ।

धरहरासँगै पार्क, सिक्का संग्रहालय, वाटर फाउन्टेन र रेस्टुरेन्टसमेत रहने गरी योजना सहित निर्माणको ठेक्का प्राधिकरणले जिआइइटिसी रमन जेभीले ३ अर्ब ४८ करोडमा दिइसकेको छ।

प्रकाशित : शुक्रबार, कार्तिक ३०, २०७५१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गृहमन्त्री र युएनएचसिआरका एशिया निर्देशक भेटवार्ता