प्रेम सम्बन्धको चक्करमा मन्त्री पद चट

Leaderboard Banner
सुदुरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी श्रीमती गिता सोडारीसँग पर्यटकीय क्षेत्र रामारोशनमा

काठमाडौं : सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक-पटक विवाद पनि हुँदै आएको थियो ।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।

यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । यो खबर आज शुक्रबार प्रकाशित ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।

प्रकाशित : शुक्रबार, कार्तिक ३०, २०७५०७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जसको नाममा पैसा आयो उसैलाई पत्तो छैन, अर्थ मन्त्रालयसँग मागियो जवाफ