चेकजाँचको क्रममा कागजातभित्र घुस राखेर दिने २ चालक प्रहरी नियन्त्रणमा !

Leaderboard Banner

काठमाडौँ : प्रहरीले चेकजाँचका क्रममा घुस दिन खोज्ने २ जना चालकलाई पक्राउ गरि कारबाहीको पक्रिया अगाडी बढाएको छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ३ गठ्ठाघर चेक महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दै गर्दा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले रुट परमिटको बुकभित्र २०० रुपिँया घुस दिएपछि प्रहरीले ट्रक र चालक दुवैलाई नियन्त्रणमा लिएको हो।

यसैगरी प्रहरीको टोलिले गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङले गाडीको कागजपत्र नभएको भन्दै १००० रुपिँया घुस दिन खोज्दा माहानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरबाट पक्राउ गरेको थियो।

दुवै ट्रक सहित चालकमाथि थप अनुसन्धान गर्ने काम भईरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

प्रकाशित : बुधबार, कार्तिक २८, २०७५१८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

थुनुवा भगाउन सहयोग गर्ने प्रहरी जवान हिरासतमा