सेवाग्राहीसँग घुस स्वरुप टिभी माग गर्ने डीएसपी राईविरुद्ध अदालतमा मुद्दा दायर !

Leaderboard Banner

केहि दिन अघि एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दएर गरेको हो। उनले एक व्यवसायीलाई घुस स्वरुप सोनी कम्पनिको टेलिभिजन किनिदिन पटक पटक भनेका थिए।

पछि आफैले टिभी खरिद गरेका राईले बिलको भुक्तानी दिनको लागि भनिराख्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

बौंद्ध बृत्तको प्रमुख भएर आउने वित्तिकै डीएसपी राईले जुवा, तास, क्रसर, बालुवा, डान्स, दोहरी, रिर्सोट, तिब्बतियन जुवा (माजोङ), बेश्यावृत्ति गर्ने महिलाहरुबाट महिनावारी रकम असुल्ने गरेका थिए।

प्रकाशित : बुधबार, कार्तिक २८, २०७५१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकु¥याल नियुक्त !