सोडारीको बर्खास्तीपछि सुदूरपश्चिम प्रदेशमा सुवेदी नियूक्त !

Leaderboard Banner

काठमाडौँ : पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट वर्खास्त भएसँगै सोहि पदमा मंगलबारनै कृष्णराज सुवेदीलाई नियूक्त गरिएको छ। सुवेदी नेकपाबाट कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

पार्टीको निर्देशन अनुसार नचल्ने , आफू एकलौटी निर्णय लिने लगाएत विभिन्न आरोपमा सोडारीलाई मन्त्रिपदबाट हटाइएको हो। उनी तत्कालिन नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित भएका थिए।

सोडारीलाई नेकपाकै सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्रि त्रिलोचन भट्टले पदबाट बर्खास्त गरिएको बुझिएको छ। यसबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएसँगै उक्त पदमा सुवेदीलाई नियूक्त गरिएको हो।

प्रकाशित : मङ्गलबार, कार्तिक २७, २०७५१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

माझीलाई २७ वर्षपछि घर !