ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ, कार्तिक २७ ।  नेपाली बजारमा  गत साता यता सुनको मुल्य लगातार घटिरहेको छ । आज मंगलबार  सुनको मुल्य तोलामा  एक्कासी ४  सय रुपैयाले घटेको छ । सोमबार प्रतितोला ५८  हजार ९ सय रुपैयामा  किनबेच भैरहेको छापावाला  सुनको  मुल्य आज तोलामा ५८ हजार ५ सय रुपैयामा कायम रहेको  छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  तेजावी सुनको मुल्य ५८  हजार २   सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ ।  आज चाँदीको मुल्य  प्रतितोला ७ सय २०  रुपैयामा कारोबार भैरहेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक २७, २०७५१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी आठ कम्पनीले तीन अर्बको हकप्रद शेयर बेच्दै