भोलि छठको अवसरमा सार्वजनिक बिदा छ कि छैन ? गृह मन्त्रालयको निर्णय यस्तो छ !

Leaderboard Banner

काठमाडौँ- भोलि तराई मधेशका जिल्लामा छठ पर्व मनाइंदैछ। तराई बासिन्दाहरुले छठलाई धुमधामका साथ मनाउने गर्छन्।

आइतबार देखि शुरु भैसकेको छठको मूख्य दिन मङ्गलबार मनाइंदैछ। अघिल्लो वर्षहरुमा सरकारले छठको उपलक्ष्यमा सार्वजनिक बिदा दिने गरेकोमा यसपालि भने सार्वजनिक बिदाको विषयलाई लिएर सर्वसाधारणमा अन्योलको स्थिति शिर्जना भएको छ।

यस वर्ष समेत सरकारले छठको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएता पनि देशैभर भने बिदा दिइएको छैन । नेपाल राजपत्रमा २०७४ चैत १४ गते प्रकाशित गरेको गृह मन्त्रालयको सूचनामा छठको सार्वजनिक बिदाबारे उल्लेख गरिएको थियो।

गृह मन्त्रालयको सूचनाको २.२ मा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू’ भन्दै उल्लेख गरिएको छ। त्यस अन्तर्गत खण्डको (घ) मा ‘छठ पर्व, कात्तिक २७ गते मंगलबार’ पनि समावेश भएको हुँदा भोलि छठको दिन सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा हुनेछ।

प्रकाशित : सोमबार, कार्तिक २६, २०७५१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विदेशमा रहेका नेपालीले पनि अब भोट हाल्न पाउने ! आयोगले शुरु गर्यो गृहकार्य !