काठमाडौँ आउँदै गरेको बस आज बिहानै २ बजे दुर्घटना हुँदा २५ घाइते, ३ को अवस्था गम्भीर !

Leaderboard Banner
सांकेतिक तस्विर

कावासोती, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उहाँले जानकारी दिनुभयोे । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उहाँको भनाई थियोे । घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक २६, २०७५०८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शनिबार बाख्रा चराउन गएकी एल्जीना आइतबार जङ्गलमा मृत अवस्थामा फेला परिन् !