सहचालक मृत फेला

Leaderboard Banner
सांकेतिक तस्विर

धनगढी, २३ कात्तिक (रासस) – धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिनुभयो । बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताउनुभयो । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक २३, २०७५२०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका