एक पुरुषको बेवारिसे शव फेला

Leaderboard Banner
सांकेतिक तस्विर

सर्लाही, २३ कात्तिक (रासस)- सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक २३, २०७५१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

२० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्डले घर भत्कायो