देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा नौ घाइते, १० पक्राउ

Leaderboard Banner

खजुरा, २३ कात्तिक :  रासस –  बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।

प्रकाशित : शुक्रबार, कार्तिक २३, २०७५०८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालगञ्जको धार्मिक सद्भाव, मुस्लिमको निधारमा सप्तरङ्गी टीका