रु चार लाख ५५ हजारसहित २३ जुवाडे पक्राउ

Leaderboard Banner

चितवन, २२ कात्तिक (रासस) : भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई रु एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट रु तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उहांँले बताउनुभयो ।

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उहांँले बताउनुभयो । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताउनुभयो । दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उहांँले बताउनुभयो ।

प्रकाशित : बिहिबार, कार्तिक २२, २०७५२०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सवारी दुर्घटनामा बीस घाइते