राति ११ बजे सईले उठाएर लगेका ढुंगानाको बिहान मृत्यु, तिहारको बेला घरमा रुवाबासी!

Leaderboard Banner

काठमाडौँ- प्रहरी हिरासतमै एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय रवीन्द्रकुमार ढुंगाना रहेको बुझिएको छ।

प्राप्त जानकारी अनुसार सोमबार बिहान ढुंगानालाई वीर अस्पताल पुर्‍याएर परिवारलाई खबर गरिएको थियो। उपचारको क्रममा ढुंगानाको अस्पतालमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार ढुंगाना छारे रोगका बिरामी रहेका थिए। चेक बाउन्स मुद्दामा बालाजु वृत्तले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि ढुंगानालाई प्रहरी परिसर टेकु लगी स्वास्थ्य परीक्षण गराएर थुनामा राखेको प्रहरीको भनाइ रहेको छ।

परिवार श्रोतका अनुसार ढुंगानालाई आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका थिए। भार्इलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको मृतकका दाइ शेरबहादुरको दाबी रहेको छ।

एक्कासी बिहान फोन आएपछि ढुंगानालाई भेट्न परिवारका सदस्यहरु वीर अस्पताल पुगेका थिए। मृतकका परिवार र आफन्तका अनुसार ढुंगानाको अनुहारमा चोट र मुखबाट रगत बगेको देखिएको थियो।

ढुंगानालाई लिएर जाने सई सुरेन्द्र कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन्। कार्की र मृतक ढुंगानाकी श्रीमती बीच लेनदेन रहेकोमा कार्कीले ५ लाख दिनु पर्ने भन्दै चेक काटेर लगेका  थिए। चेक बाउन्स भएपछि ढुंगानालाई कार्कीले घरबाटै उठाएका थिए।

परिवार श्रोतका अनुसार भने पैसा तिरिसक्दा पनि कार्कीले घम्क्याउने गरेका थिए।

प्रकाशित : बुधबार, कार्तिक २१, २०७५०९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज बिहानै भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते !