निर्मलाको पोष्टमार्टम रिपोर्टमै आशंका, लिक भयो दिल्लीराजका बाबुछोराले गरेको फोन रेकोड (अडियोसहित)

Leaderboard Banner

काठमाडौँ, निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ महिना बितिसक्दा पनि अहिले सम्म हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीलेनै अनुसन्धानमा त्रुटी गरे पछि अनुसन्धानले कुनै मूर्त रुप लिन सकेको छैन।

अनुसन्धानमा गम्भीर गल्ति गरेको भन्दै प्रहरी अधिकारी दिल्लीराज विष्ट बर्खास्तीमा पनि परेका छन्। पछिल्लो समय उनी फेसबुक मार्फत आफ्नो दुख पोख्दै गरेको पनि देख्न सकिन्छ।

घटनामा एसपीकै छोरा किरण विष्ट घटनामा संलग्न रहेको हुन सक्ने भन्दै स्थानीयहरुले विरोध गरेपछि किरणको डीएनए परिक्षण गरिएको थियो। तर डीएनए परिक्षण गर्दा नेगेटिभ आएपछि घटनको अनुसन्धान अगाडी बढ्न सकेको थिएन।

किरणको मात्र नभई डीएनए परिक्षण गरिएका चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको थियो। स्थानीयहरु र आफन्तले निर्मलाको पोष्टमार्टम रिपोर्टमा पनि जालसाझीपूर्ण हुन सक्ने आशंका गरेका छन्।

दिल्लीराज विष्टका छोरा किरण विष्ट र उनका साथी शिशिरसँग कुरा गरेको टेलिफोन वार्ताहरु लिक भएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २०, २०७५२२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शुरु भयो धरहरा पून: निर्माणको काम, २२ तलेअत्याधुनिक सुविधा सहितको धरहरा यस्तो बन्नेछ ![भिडियो]