नेपाली कांग्रेसका नेता गच्छदारलाई उपसभापति बनाउने तयारी !

Leaderboard Banner

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदार उपसभापति बन्ने भएका छ।

आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति प्रताव गर्ने तयारी गरेको बुझिएको हो।गच्छदारलाई उपसभापति बनाउने आफ्नो प्रस्ताव स्वीकार्न आफू पक्षिय नेतालाई अनुरोध गरिसकेका देउवाले बैठक अगाडी पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग समेत छलफल गर्ने भएका छन्।

गतवर्ष मधेसी जनअधिकार फोरमलाई कांग्रेससँग एकता गराउनेबेला भएको सहमति अनुसार उनलाई सभापति बनाउन लागिएको हो। गच्छदारलाई उपसभापति बनाउने बारे पार्टीमा समेत छलफल भईसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

पार्टी एक गर्दा भएका सहमतिहरु कार्यान्वन नभएको भन्दै गच्छदारलाई रुष्ट भएकाले उपसभापति बनाउन लागिएको हो।

प्रकाशित : मङ्गलबार, कार्तिक २०, २०७५११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज देशैभर मनाइयो कुकुर तिहार ! सेना र सर्वसाधारणले यसरी गरे कुकुरपूजा ! (फोटोफिचर)