नेपालका जेलमा विदेशी कैदी कति छन् ? बलात्कारमा पनि विदेशी अपराधीको संख्या बढ्यो !

Leaderboard Banner

काठमाडौँ- नेपालका कारागारहरुमा नेपाली अपराधी मात्र नभई विदेशी अपराधीहरु पनि रहेका छन्। नेपालका कारागारमा रहेका विदेशी अपराधीहरु मध्ये लागूऔषध ओसारपसारका कैदी धेरै रहेका छन्।

प्राप्त तथ्याँक अनुसार देशभरका ३३ वटा कारागारमा ४० मुलुकका ८९८ विदेशी कैदीबन्दी रहेका छन्। नेपालका कारागारमा हुने विदेशी कैदीवन्दीहरुमा पुरुषको संख्या धेरै ठूलो रहेको छ। नेपालको कारागारमा ५६ महिला विदेशी अपराधी रहेका छन् भने ८४२ पुरुष विदेशी अपराधी छन्।

नेपालका कारागारमा सबै भन्दा धेरै भारतका अपराधीहरु रहेका छन्। विभिन्न कारागारमा भारतमा ६८२ अपराधी रहेका छन्। नेपालको अपराधको क्षेत्रमा भारतीय अपराधीहरुको संलग्नता अत्यधिकनै हुने तथ्याँकहरुले देखाएको छ।

लागूऔषध सम्बन्धि अपराधमा सबै भन्दा धेरै विदेशी अपराधीहरु कारागारमा सजाय कटाईरहेका छन्। ३८५ जना लागूऔषध ओसारपसारमा संलग्न रहेकोमा तीमध्ये ३४९ जना भारतीय रहेका छन्।

कर्तव्य ज्यान/ज्यान मार्ने उद्योगको कसुरका ६६ मध्ये ५८ जना भारतीय छन्। यस्तै मानव बेचबिखन तथा ओसारपसारका ४८ कैदीबन्दीमध्ये ३५ जना भारतीय रहेका छन् ।

जबर्जस्ती करणी र करणी उद्योगको अपराधमा सजाय भोगिरहेका विदेशीको सङ्ख्या पनि ठूलै रहेको छ। यस अपराध अन्तर्गत ७९ विदेशी कैदीबन्दीमध्ये ६१ जना भारतीय रहेका छन्।

मानव बेच-बिखनमा पनि विदेशीहरुको संलग्नता देखिन्छ। मानव बेचबिखन तथा ओसारपसारका ४८ कैदीबन्दीमध्ये ३५ जना भारतीय छन्।

प्रकाशित : सोमबार, कार्तिक १९, २०७५१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चकलेटको प्रलोभन देखाई शौचालय गएकी ७ वर्षीय बालिकामाथि बलात्कार !