श्रीलङ्कमा रक्तपात हुने चेतावनी

Leaderboard Banner

कोलम्बो, श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिनुभएको छ ।

मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उहाँले माग पनि गर्नुभएको छ ।

निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गर्नु भएको थियो ।

उहाँको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घे विच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो ।

प्रकाशित : शनिबार, कार्तिक १७, २०७५१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पाकिस्तानी ‘तालिवान पिता’ को अन्त्येष्टि