नमस्ते पीपीएल : चितवनलाई १ सय ४६ रनको विजयी लक्ष्य ! चितवनले केहीबेरमा ब्याटिङ थाल्ने

Leaderboard Banner

पोखरा  – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर मोहम्मद जायद आलम र सुनिल धमलाले पहिलो विकेटको ८७ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक योगफल तयार पारेको थियो । ४७ बल खेलेका मोहम्मद जायदले ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय योगदान दिए ।

अर्का ओपनर सुनिल धमला अर्धशतक बनाउनबाट ३ चुके । ४५ बलमा धमलाले ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११ रनमा पेभेलियन फर्किए । राजु रिजाल ६ तथा एन्टन एन्ड्रियु ४ रनमा आउट भए । राजेश पुलामी मगर र पुष्प थापा रनमा नटआउट रहे । चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २–२ विकेट लिए । करण केसीले १ विकेट लिए ।

चितवनलाई शीर्ष तीनमा पर्न आजको खेल जित्नै पर्नेछ । पराजित भएको अवस्थामा प्रतियोगिताको लिग चरणबाटै बाहिरिनेछ । विराटनगर प्रतियोगिताको लिग चरणबाटै बाहिरि सकेको छ । यो खेलमा जित हात पारे विराटनगरको सान्तवना जित हुनेछ ।

चितवनले केही वेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रकाशित : शनिबार, कार्तिक १७, २०७५१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल”