क्याबिनेट बैठकभित्रै मुख छाड्ने स्थापितलाई यसरी तह लगाए डोरमणिले

Leaderboard Banner

काठमाडौँ- प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त भएका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई भौतिक पूर्वाधार मन्त्री पदबाट हटाएका हुन्।

संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार मन्त्री स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पौडेल आफै मातहतमा राखेका छन्।

मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि स्थापितको चर्को आलोचना भैरहेको थियो।

बुधबार मात्रै मन्त्रि पौडेलले यस बारे अस्पतालमै भेटेर प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। क्याबिनेट वैठकको क्रममा स्थापितले आफ्नो कुरा राख्ने क्रममा गालीगलौजमा समेत उत्रिएको बुझिएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १६, २०७५१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्रै विश्राम लिन्छु भन्छन् सभापति देउवा