काठमाडौँको कलंकीमा फेरी १३ वर्षीया बलात्कृत ! थकाली होटल लगेर बलात्कार गरेको खुल्यो !

Leaderboard Banner

काठमाडौँ- काठमाडौँको कलंकीमा रहेको एक होटलमा १३ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन्। घटना भएको ८ दिन पछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

प्राप्त जानकारी अनुसार कलंकीमा रहेको थकाली होटलमा पिडित किशोरीको बलात्कार भएको थियो। पिडित बालिका नुवाकोट घर भएकी दलित समुदायकी रहेको बुझिएको छ।

उनी गत कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेका थिए। महानगरीय प्रहरी कार्यालयका अनुसार बलात्कारका आरोपी सुनुवारलाई पक्राउ गरिसकिएको छ।

देशमा पछिल्लो समय बलात्कारको घटना बढेको तथ्याँकहरुले देखाएको छ। अझ यौन हिंसाबाट बालिकाहरु पनि सुरक्षित नभएको अवस्थाले भने छन् यौन हिंसाका घटनाहरुलाई जटिल बनाउने गरेको छ।

तीन महिना अगाडी बलात्कार पनि हत्या भएको १०० दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता लगाउन नसकेको कारण चौतर्फी विरोध भैरहेको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १६, २०७५१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्रीसँगको सम्बन्ध बारे विवादित केशव स्थापितले दिए यस्तो यस्तो प्रतिक्रिया !