यी हुन् लुकी-लुकी आतंक मच्चाउने काठमाडौँकी “लेडी डन” ! गुण्डाहरूलेनै गरे खुलासा

Leaderboard Banner

काठमाडौँ- केहि दिन अगाडी मात्रै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।

गौचनको हत्यामा संलग्न रहेका सुटर उदयपुर रौताका अमरबहादुर राना, झापा विर्तामोडका लोप्साङ भनिने सोम तामाङ र काठमाडौं नागार्जुका रोशन बुढाथोकीलाई हिरासतमा राखी प्रहरीले बयान लिइरहेको बुझिएको छ।

बयानको क्रममा विभिन्न तथ्यहरु प्रहरीले पत्ता लगाएको बुझिएको छ। प्रहरी हिरासतमा रहेका सुटर अमरबहादुर रानाले गुण्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दावा लामामाथिको आफूले गोलि चलाएको बयान दिएका छन्। समिरमानसिंह बस्नेतको निर्देशनमा आफूले गोलि चलाएको उनले बयान दिएको बुझिएको छ।

समिरमानसिंहले निर्देशन दिएको भएता पनि हतियार व्यवस्थापन गर्ने काम भने समिरमानसिंहकी श्रीमती माया शेरचनले गर्ने गरेको खुल्न आएको छ। माया शेरचनले विभिन्न समयमा हतियार उपलब्ध गराउने र व्यवस्थापन गर्ने गरेको बयानको क्रममा खुलेपछि प्रहरी पनि चकित परेको छ।

गुण्डा नाइके दावा लामालाई गोली हाने लगत्तै हतियार मायालाई बुझाएको रानाले बयानको क्रममा खुलाएका छन्। यस्तै गोलि हानि हत्या गरिएका शरद गौचनलाई गोलि हान्न पेस्तोल पनि मायाले नै उपलब्ध गराएको रानाले बताए।

यसरी बयानको क्रममा मायाको नाम मुछिएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना रहेको छ।

भारतमा बसेर नेपालमा गुण्डागर्दीको जालो चलाइरहेका समिरमानसिंहले काम गर्नेहरुलाई माग अनुरुपको रकम नदिएको खुलासा पनि भएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १६, २०७५१०:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

समबन्धविच्छेदका मुद्दामा पुरुष बढी