नेपाल बैंक लिमिटेडमा ३२७ जनाको लागि जागिर खुल्यो ! प्लस टु पासले पनि जागिर पाउने !

Leaderboard Banner

काठमाडौँ- नेपाल बैंक लिमिटेडले विभिन्न पदको लागि दरखास्त आह्वान गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर ३२७ जना कर्मचारी माग गरेको बुझिएको छ।

नेपाल बैंक लिमिटेडले आह्वान गरेको दरखास्तको लागि इच्छुकले मंसिर ६ गतेमित्र अनलाइमार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको छ। बैंकको माग अनुसार सहायक प्रबन्धकमा खुला ४३ र बाँकी समावेशी ३५ जनाले दरखास्त दिन सक्नेछन्।

यस्तै सुचना प्रविधाका लागि पनि २ जना सहायक प्रबन्धक माग गरिएको छ। नेपाल बैंक लिमिटेडका साथै प्रदेशमा रहेका शाखाहरुको लागि पनि विभिन्न पदको लागि दरखास्त आहवान गरिएको हो।

नेपाल बैंक लिमिटेडले आह्वान गरेको दरखास्तमा प्लस टु देखि स्नातक उतिर्ण सम्मकाले विभिन्न पदमा दरखास्त दिन पाउनेछन्। माग गरिएको दरखास्त बारे बुझ्न निम्न उल्लेखित सूचना पढ्नुहोला।

-बिगुल

प्रकाशित : शुक्रबार, कार्तिक १६, २०७५०९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् लुकी-लुकी आतंक मच्चाउने काठमाडौँकी “लेडी डन” ! गुण्डाहरूलेनै गरे खुलासा