१०० भन्दा धेरै यात्रु बोकेको कतार एयरवेजको विमान अवतरण गर्दा पानीको ट्याँकर ठोक्किए पछि…

Leaderboard Banner

कोलकोता, एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो ।

अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् ।

प्रकाशित : बिहिबार, कार्तिक १५, २०७५१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो