ज्ञानेन्द्रको नेपालमा खासै महत्व नभएपनि भारतले दिने भयो यस्तो सम्मान ! भयो खुलासा

Leaderboard Banner

एजेन्सी- नेपालमा राजतन्त्रको अन्त्य भएको धेरै वर्ष भैसकेको भएता पनि राजतन्त्र फिर्ताहुने विषय-विषयमा चर्चा हुने गरेको छ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह देश भित्रका सार्वजनिक कार्यक्रममा खासै देखा पर्दैनन्।

तर अहिले ज्ञानेन्द्र भारतको ७०औं गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा सहभागी हुने चर्चा चल्न थालेको छ। भारतको ७०औं गणतन्त्र दिवसको सम्भावित प्रमुख अतिथिको सूचीमा परेको भन्दै एक भारतीय सञ्चारमाध्यमले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ।

भारतीयहरु हरेक वर्ष जनवरी २६ मा भारतको गणतन्त्र दिवस मनाउने गर्छन्। यस कार्यक्रममा हरेक वर्ष भारतले विभिन्न देशका विशिष्ट व्यक्तिहरुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा पठाउने गरेको छ। सन् २०१९ जनवरी २६मा भारतमा मनाइने गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निमन्त्रणा पठाइएको भएता पनि उनी नाउने भएपछि अहिले अर्को अथितिको चर्चा हुन थालेको छ।

यसै विषयमा अहिले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको पनि चर्चा हुन थालेको हो। ज्ञानेन्द्रसँगै रसियन राष्ट्रपति भ्यादिमिर पुटिन, माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम महमद सलही र भियतनामका सरकार प्रमुखको पनि प्रमुखको रुपमा चर्चा शुरु भएको भन्दै समाचार सम्प्रेषण भएको छ।

पछिल्लो समय भारत प्रति ज्ञानेन्द्रको झुकाउ बढेको देखिएको छ। केहि समय अगाडी उनी भारत भ्रमणको क्रममा रहँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश भ्रमण गराएका थिए। त्यसै भेटको क्रममा भारतीय विशिष्ट मानिसहरुले समेत प्रवेश नपाउने मन्दिरमा ज्ञानेन्द्रलाई नेपालको राजाकै हैसियतमा पूजापाठको व्यवस्था पनि गरिएको थियो।

प्रमुख अतिथिको चर्चा चलेको भएता पनि दोस्रो रोजाईको रुपमा ज्ञानेन्द्र उक्त कार्यक्रममा उपस्थित हुन्छन् की हुँदैनन् भन्ने हेर्न भने बाँकिनै रहेको छ।

प्रकाशित : बुधबार, कार्तिक १४, २०७५१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुडीरहेको ट्याक्टरमा आगोलागि हुँदा एकको मृत्यु १ गम्भीर घाइते !