भष्टाचार, महिलाहिंसा, गुण्डागर्दी लगाएतका अपराधहरु रोक्न नसकिएकै हो : गृहमन्त्री बादल !

Leaderboard Banner

गृहमन्त्रि राम बहादुर थापा ‘बादल’ले अपराधीहरु निस्तेज गर्न सकेकै कारण देश समृद्धको बाटोमा अगाडी बढ्न नसकेको स्वीकार गरेका छन् ।

आईतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’को उत्घाटन गर्दै गृहमन्त्रि बादलले अपराधीहरुलाई नियन्त्रण गर्न सकेको र तिनलाई निस्तेज गर्न नसक्दा मुलुकलाई सम्वृद्धको बाटोमा अगाडी बढाऊन् कठिन भएको बताएका छन् । मुलुकलाई समृद्ध बनाउन  अपराधीको नियन्त्रण पहिलो आवश्यक भएकोले त्यसकालागि प्रहरी र समूदायबीच एकता गर्दै अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि अपराधी निस्तेज पर्नुपर्ने औंल्याउँदै देशमा भष्टाचार लगाएतका अपराध गर्नेहरु राष्टघाती भएको भन्दै यस्ता तत्वहरु निस्तेज पार्न सरकारले कडा कदम चालीसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै गृहमन्त्रि बादलले  नेपालमा शान्ति र स्थायित्व कायम नहुँदा र रोजगारीको सृजना गर्न नसक्दा विदेशिनु पर्ने पिडा नेपालीहरुको रहेको र त्यसलाई रोक्न नसक्नु निकै दुखदायी रहेको बताए ।

गृहमन्त्रि बादलले ठूलो संख्यामा विद्यार्थीहरु ड्रग्स लगाएतका कुलतमा फसेको भन्दै वडा स्तर देखिनै विभिन्न कार्यक्रम चलाएर ड्रग्स लगाएतका कुलतलाई जरै देखि उखेल्ने अभियान सुरु भईसकेको बताए । देशमा वडास्तर देखिनै अपराधका घटनाहरु सुरु हुने भएकालेवर्दी बिनाका पुलिस विद्यार्थीहरु यसको नियन्त्रणमा लाग्नुपर्ने सुझाव दिए ।

प्रहरीले अपराध नियन्त्रण गरि देशमा शान्ति,स्थायित्व कायम गर्दै मुलुकलाई सम्वृद्धको बाटोमा अगाडी बढाउने उदेश्यका साथ ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ जानकारी गराईएको थियो ।

प्रकाशित : आइतबार, कार्तिक ११, २०७५१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छिट्टै पार्टी एकता हुने कमल थापाको दाबी !