नेकपाको चियापानमा बाबुराम भट्टराई नजाने ! भन्छन् म आउन सक्दिन तपाईहरुको भलो होस् !

Leaderboard Banner

काठमाडौँ- शनिबार आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७५ सालको दसैँ तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुने नेकपाले बताएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई निमंत्रना गरिएको छ। यस्तै कार्यक्रममा लगभग ५० हजार जनाको उपस्थिति हुने बुझिएको छ।

नेकपाले नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि निमन्त्रणा पठाएको थियो। निमन्त्रणा पुगेको भएता पनि भट्टराई कार्यक्रममा सहभागी नहुने भएका छन्।

आफू कार्यक्रममा सहभागी नहुने जानकारी ट्विटर मार्फत जानकारी गराएका छन्। खाममा ४वटा शुभकामना/निमन्त्रणाको लागि धन्यवाद दिँदै भट्टराईले निमन्त्रणा पठाउने सबैको भलो होस् र आफ्नो पनि शुभकामना रहेको ट्विट गरेका छन्।

सर्वहारावर्गको पार्टी भन्ने नेकपाले ५० हजारलाई भोज खुवाउनु भन्दा कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुने तर्क गरेका भट्टराईले यसै कारण आफू आउन नसक्ने बताएका छन्।

प्रकाशित : शनिबार, कार्तिक १०, २०७५१०:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खाजाघर सञ्चालन गर्ने नाममा शान्तिमाया गर्थिन् यस्तो काम ! पक्राउ परिन् भक्तपुरबाट !