गुल्मीमा चिर्पट प्रहार गरी आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या

Leaderboard Banner
सांकेतिक तस्विर।

गुल्मीको मुसिकोट नगरपालिका-४ बडागाउँ दोभानका एक व्यक्तिले चिर्पट प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । अत्यधिक मदिरा सेवन गरेका ३४ वर्षीय पंकज कुमालले ३४ वर्षिया श्रीमति लाली कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।

पंकजले शनिबार राति करिव साढे आठ बजे श्रीमतिलाई चिर्पट प्रहार गरि गम्भिर घाइते बनाएका थिए । टाउको र शरिरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारको लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । आजको नया पत्रिकामा खबर छ।

आरोपित कुमालले पहिले पनि घरमा श्रीमति र बृद्धा आमालाई कुटपीट गर्ने र अरु अपराधिक क्रियाकलाप गरेर दु:ख दिने गरेको मुसिकोट नगरपालिका वडा नं ४ का वडा सदस्य टीका गुरुङ्गले बताए । हत्या गर्ने पंकजलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित : आइतबार, कार्तिक ०४, २०७५१०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु