गुल्मीमा आफ्नै छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने बाबु पक्राउ!

Leaderboard Banner

आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने गुल्मीको इश्मा गाउँपालिका वडा नं ५ का ३७ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए ।

आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र उनलाई आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए । आजको नया पत्रिकामा खबर छ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० वर्षीया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्रै इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।

प्रकाशित : आइतबार, कार्तिक ०४, २०७५१०:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुल्मीमा चिर्पट प्रहार गरी आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या