सुनकोशी किनारमा एक पुरुष मृत फेला

Leaderboard Banner
सांकेतिक तस्विर।

काभ्रेपलान्चोक, २ कात्तिक : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन् ।

अन्दाजी ३०÷३५ वर्षका देखिने पुरुषको लास फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताउनुभयो । उहाँका अनुसार सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको उक्त लासको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : शुक्रबार, कार्तिक ०२, २०७५२३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भरुवा बन्दुकको गोली लागेर कार्कीको मृत्यु