ढुङ्गाले हानेर मारेको अवस्थामा भेटिए लामा

Leaderboard Banner
सांकेतिक तस्विर

काभे्रपलाञ्चोक, २ कात्तिक: काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् ।

७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए ।

“ढुङ्गाले हानेर मारेको देखिएको छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।” लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

प्रकाशित : शुक्रबार, कार्तिक ०२, २०७५१९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

६ तस्विरमा हेर्नुहोस प्रधानमन्त्री केपी ओली सर्वसाधारणलाई टीका लगाउँदै!