इँटा प्रहार गरी एकल महिलाको हत्या

Leaderboard Banner
सांकेतिक तस्विर।

सप्तरी, २ कात्तिक: आज यहाँ एकजना एकल महिलाको हत्या भएको छ ।

राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०२, २०७५१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शरिरभरि पलाएको मासुले छटपटी