माछा मार्न जाँदा ७२ वर्षीय राईको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर

पशुपतिनगर, ३१ : इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो माछा मार्न खोलामा हिँडेरका ७२ वर्षीय वृद्ध राई घर नफर्किएपछि परिवारले गए रातिदेखि खोजी शुरु गरेका थिए । रातको समयमा खोज्दा कतै नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका आफन्त र प्रहरीको टोलीले आज बिहानदेखि खोजी गर्दा सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताउनुभयो ।

दैनिकजसो माछा मार्न खोलामा जाने राई माछा मार्ने क्रममा खोलामा चिप्लिएर लडेपछि डुबेर मृत्युको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । खोलामा मृतक राईको टोपी र माछाको जाल फेला परेको प्रहरीले जनाएको छ ।
मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाममा लगिएको छ ।

प्रकाशित : बुधबार, असोज ३१, २०७५१९:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना