रामेछापमा बस दुर्घटनाः १३ वर्षीया बालिकाको मृत्यु, २९ जना घाइते

Leaderboard Banner
सांकेतिक तस्विर।

रामेछाप, ३० असोज। आज रामेछापको खाँडादेवी गाउँपालिका भिरपानीको सार्की पँधेरोमा  बस दुर्घटना हुदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडाैंबाट रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्वातर्फ जादै गरेको बा३ख ४६७५ को बस दुर्घटनामा परि  २९ जना घाइते  भएका छन् ।

२९ जना घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको रामेछाप जिल्ला प्रहरी कार्यालयका प्रहरी स्रोतले जानकारी दिएका हुन्  । बस सडकबाट  ४० मिटर तल खसेको छ । विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा बस दुर्घटना भएको हो ।    मृत्यु  भएकी  बालिकाको सनाखत नभएको बताइएको छ।

प्रकाशित : मङ्गलबार, असोज ३०, २०७५१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बसपार्क नजिकैको पुलहाउसबाट १४ जुवाडे पक्राउ