१५० मिटर तल गाडी खसेर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

Leaderboard Banner
सांकेतिक तस्विर

रुकम, पश्चिम, ३० असोज: रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ । सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको  नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन् । जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ । सो गाडी आज दिउँसो दुर्घटनामा परेको हो ।

प्रकाशित : मङ्गलबार, असोज ३०, २०७५१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अब रातिको यस समयपछि मदिरा बिक्री गर्न नपाइने!