खसीको सिङमा किन रातो र हरियो रंग ? सिङ हेरेर मात्र किन्नुहोस्

Leaderboard Banner

काठमाडौं, नेपालीको महान चाड दशैंको लागि काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने गर्छ।

काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने गरेको छ ।

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।  

प्रकाशित : मङ्गलबार, असोज ३०, २०७५१०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालले गुमाएका भु-भाग किन फिर्ता वा स्वतन्त्र नहुने ?