१ लाख पुरुषसँग यौन सम्बन्ध राख्ने एक २२ वर्षीय युवतीको लक्ष्य

Leaderboard Banner

एजेन्सी । पोल्याण्डकी एक युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् ।

भर्खर २२ वर्ष पुगेकी उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छिन् र अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो यौनको चपेटामा पारिसकेकी छिन् ।

एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसँग मात्र सुत्न चाहँदैनिन् ।

विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसँग सम्भोगको स्वाद चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई सम्भोगका लागि २० मिनेटको समय दिनेछिन् । यो खबर काठमाडौँबाट प्रकाशित हुने ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार आफ्नो सेक्स म्याराथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट गरिसकेकी छिन् । अहिलेसम्म उनले २८४ जना पुरुषसँग सेक्स गरिसकेको बताइएको छ ।

अझ रोचक कुरा त के छ भने जिवनकालमा १ लाख पुरुषलाई सम्भोगको अनुभव दिलाउने लक्ष्य लिएकी यी तरुनीको ब्वायफ्रेण्ड समेत छ । आफुले यौनसुखका लागि सम्भोग म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन् ।

आफुले सेक्सलाई माया गर्ने तथा पुरुष र हँसिमजाक आफुलाई मन पर्ने उनको भनाइ रहेको छ । उनले आफुसँग सेक्स गर्ने हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन् ।

यस अर्थमा उनले १ लाख पुरुषसँग सेक्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले सेक्समै बिताएकी हुनेछिन् । यसको अर्थ उनले लगातार सेक्स गरेमा पनि एक लाख जनासँग सेक्स गर्न झण्डै ४ वर्ष लाग्नेछ ।

उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको दुइ दिन सेक्सलाई छुट्टाएकी छिन् । २० वर्षमा १ लाख पुरुषसँग सम्भोग गर्ने लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४.१४ जनासँग सेक्स गर्ने योजना बनाएकी छिन् ।

प्रकाशित : मङ्गलबार, असोज ३०, २०७५०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सलमान खानका ५ रोचक अज्ञात तथ्य, जुन थाहा पाउनु भएमा तपाई पक्कै तीन छक्क पर्नुहुनेछ