उपत्यकामा सवारीको समस्या, भाडामा मनलाग्दी!

Leaderboard Banner

विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ । उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् ।

विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताउनुभयो ।

विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो । विभागले सार्वजनिक गरेको निःशुल्क नं र हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदा पनि कारवाही नभएको यात्रुको भनाइ छ ।

यातायात कम भएका बेला सरकारी, नेपाल प्रहरी र नेपाली सेना एवं विद्यालयका सवारी चलाएर सवारी अभावको समस्या समाधान गर्न सकिनेमा सम्बन्धित निकायको ध्यान नगएको यातायात अभियानकर्मी थापाले बताउनुभयो ।

प्रकाशित : सोमबार, असोज २९, २०७५१९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दशैँमा प्रहरीको निःशुल्क बस सेवा