आफ्नो प्रेमी निक भेट्न यति महँगो कपडा लगाएर गईन् प्रियंका ! मूल्य सुन्दा सबै चकित परे !

Leaderboard Banner

एजेन्सी- बलिउडमा अहिले प्रियंकाको र निक जोनस बीचको सम्बन्धले धेरैलाई आकर्षित गरिरहेको छ। केहि महिना अगाडी मात्रै यी दुईको इन्गेजमेन्ट पनि भएको थियो।

निक अमेरिकामा बस्ने हुँदा प्रियंका पनि प्राय अमेरिकामानै हुन थालेकी छिन्। अमेरिकामा उनी बस्ने एक होटलबाट निकलाई भेट्न जाँदा उनी मिडिया क्यामरामा कैद भएकी छिन्।

उनी तस्विरमा धेरै सुन्दर देखिएकी छिन्। प्रियंकाले रातो ड्रेस लगाएको तस्विरमा देख्न सकिन्छ। यस ड्रेसमा उनी धेरै सुन्दर मात्र नभई बोल्ड पनि देखिएकी छिन्।

उनको सुन्दरता मात्र नभई उनले लगाएको उक्त ड्रेसको मूल्य चर्चाको विषय बनेको छ। प्राय राम्रो डिजाइनका कपडा लगाउन रुचाउने उनी यस पटक धेरै महँगो कपडामा निकलाई भेट्न निक्लियएकी थिइन्।

भारतीय मिडियाहरुका अनुसार उनले लगाएको उक्त ड्रेसको मूल्य लगभग ३५०० डलर पर्छ। ३५०० डलर नेपालमा लगभग ४ लाख १५ हजार हुन आउंछ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन : देउवा !