प्रतिक्रियावादीहरुले तिलजत्रो कुरालाई पहाड बनाए भन्छन् प्रचण्ड !

Leaderboard Banner

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना कुरामा नअल्झी अब सरकार देश विकासतर्फ लाग्ने बताएका छन्।

शुक्रवार ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले कामको गतिलाई तिव्रता दिने विषमा सरकार र पार्टी गम्भीर रहेको बताए। अब सरकार देश विकासतर्फ लाग्ने बताउँदै दाहालले अब कुनै लफडामा नफस्ने जिकिर गरे ।

जनताले तत्काल राहत महशुस गर्न नसकेको भएपनि छिटो भन्दा छिटो विकासको काम अगाडी बढाउने कुरामा आफूहरु लागिरहेको उनले बताए। आफ्नो पार्टीले नेतृत्व गरिरहेको सरकारले थुप्रै राम्रा काम गरिरहेको र योजनाहरु ल्याएको भएपनि केही शक्ति र प्रतिक्रियावादीले विभिन्न बखेडा झिकेका कारण आफूहरुलाई अगाडी बढ्न गाह्रो भएको उनको भनाई थियो।

कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले कम्युनिस्ट एकतालाई तोड्न सकिन्छ कि भन्दै प्रयास गरिरहेका र ,‘सरकारलाई कमजोर बनाउन खोजिरहेको छन् । तिलजस्तो कुरालाई पहाड बनाउन खोजिरहेका छन् ।’ प्रतिक्रियावादीहरुको यस्ता विभिन्न षड्यन्त्रले आफूहरुलाई काम गर्न गाह्रो भएको उनले उल्लेख गरे।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१६:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेकपाको पर्वत संयन्त्र गठन