वामदेव-वामदेव भन्दै हिडेका रामवीरको राजनीति करियरनै धरापमा !

Leaderboard Banner

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै उनका लागि राजिनामा दिएका सांसद रामवीर मानन्धरको राजनीतिमा समेत गम्भीर आघात पुगेको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि पार्टी भित्र विवाद चुलिएको थियो।

सांसद मानन्धरले यही मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरि पदबाट राजिनामा दिएको घोषणा गरेसंगै काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का सम्पूर्ण मतदाताहरुमा समेत तरंग पैदा भएको थियो।

आफुहरुले दिएको भोटको कदर नगरी आफ्नो व्यक्तिगत स्वार्थका लागि राजिनामा दिएको भन्दै मतदाताहरुको अभिव्यक्ति आउन थालेपछि पार्टी भित्र समेत विवाद भएको हो। सांसद उम्मेदवार भएपछिका दुवै चुनाव जितेका मानन्धरले जनताको विश्वास गुमाउने काम गरेको आरोप समेत उनी माथि लागेको छ।

पार्टीका शीर्ष नेता र सामाजिक सञ्जालमा तिव्र विरोध भएपछि नेता गौतमले चुनाव नलड्ने निर्णय गरेसंगै मानन्धरको राजनीतिक जीवनमा समेत धक्का लागेको छ।

नेकपाका नेकपा अध्यक्ष पुष्पकमल दाहाल केही दिन अघि मात्र काठमाडौं– ७ मा नेकपाको सिट नगुम्ने गरि निर्वाचन हुने बताएका थिए भने शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता गौतमले चुनाब नलड्ने निर्णय गरिसकेकाले अब निर्वाचनको प्रक्रिया समाप्त भएको बताए।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रतिक्रियावादीहरुले तिलजत्रो कुरालाई पहाड बनाए भन्छन् प्रचण्ड !