निर्मला हत्या प्रकरण : प्रहरीले सबै बाट लुकाएको डिएनए सम्बन्धि तथ्य बाहिरियो !

Leaderboard Banner

काठमाडौँ- कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी बालिकाको हत्यारा अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पनि सार्वजनी भैसकेको छ।

प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा गरीको त्रुटी लगायतका विषयहरु उठाएको छ। यस्तै ‘भजाइनल स्वाब’मा भेटिएको डिएनएको रिपोर्ट पनि पहिलानै सार्वजनिक भएको थियो। डिएनएको रिपोर्ट शंका गरिएका एसपी डिल्लीराज विष्टसहित चार जनाको डिएनएसँग मेल खाएको थिएन।

निर्मलाको डिएनए र शंका गरिएका ४ जनाको डिएनए म्याच नभएको निष्कर्ष केन्द्रीय विधिविज्ञान प्रयोगशाला (नास्ट)को नभई नेपाल प्रहरीको एकल निष्कर्ष भएको खुलासा भएको छ।

प्रहरीले जारि गरेको विज्ञप्तिमा तिनै जनाको नाष्ट र प्रहरीको ल्याबमा डिएनए परीक्षण गरिएको जनाएको। तर निर्मलाको भजाइनल स्वाबको बारेमा केही उल्लेख नगरे पछि प्रहरीले सर्वसाधारणलाई झुक्याउन खोजेको जस्तो देखिन्छ।

प्रचलित प्रावधान अनुसार नेपाल प्रहरीले शंकास्पद व्यक्तिको डिएनए र अपराध भएको ठाँउमा संकलन भएका दुवै डिएनए जाँच गरि नास्ट पठाउने गरिएको थियो। नास्टमा रिपोर्ट पुगेपछि नास्टले चेज-जाँच गरेर रिपोर्टलाई प्रमाणीकरण र निष्कर्ष सहितको प्रतिवेदन तयार पार्ने गर्छ।

तर निर्मला हत्या प्रहरणमा भने यसो नभएको पाइएको छ। शंका गरिएका चारै जनाको डिएनए प्रमाणीकरणको लागि नास्ट पठाएको भएता पनि निर्मलाको भने भजाइनल स्वाबको नमूना नपठाएको खुलासा भएको छ।

नास्टले चार जनाको डिएनए प्रोफाइल तयार पारेर प्रहरीलाई पठाएपछि प्रहरी आफैले डिएनए नमिलेको निष्कर्ष निकालेको थियो। यस अवस्थामा नास्टले चार जना मध्ये कोहिसँग म्याच भए नभएको केहि भन्न नसक्ने बताएको छ।

डिएनए जाँचका लागि अदालत र प्रहरीबाट दुवै पक्षको डिएनए नमूना नास्ट जाने भएता पनि निर्मला प्रकरणमा एकै पक्षको मात्रै डिएनए नमूना पुगेको नास्टले बताएको छ।

यस विषयमा विचार गर्दा डिएनए कसैसँग पनि म्याच नभएको तथ्य गलत हुन सक्ने देखिएको छ। निर्मलाको भजाइनल स्वाब संकलन गरिएको भन्ने प्रहरीको भनाइनै गलत हुन सक्ने पनि देखिएको छ।

भजाइनल स्वाब थोरै भएको हुँदा नास्ट पठाउन नसकिएको हुँदा प्रहरी प्रयोगशालामानै परिक्षण गरिएको भनाइ प्रहरी प्रयोगशालाको रहेको छ। यस अर्थमा डीएनए चारै जनासँग म्याच नभएको तथ्य माथि पनि प्रश्न खडा भएको छ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने