वर्षाको कारण खेल रोकियो, नेपालको मध्यम प्रर्दशन ! यस्तो छ अहिले सम्मको ताजा स्थिति !

Leaderboard Banner

एजेन्सी – मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को छैटौ तथा अन्तिम खेलमा बर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल केहि समयलाई रोकिएको छ ।

वर्षाको कारण ९ ओभरमा खेल रोकिएको छ । ९ ओभरमा सिंगापुरले ३ विकेटको क्षतिमा ४८ रन बनाएको छ । उस्का लागि सुरेन्द्रन चन्द्रमोहनले २१ र मनप्रीत सिंह ५ रनमा नट आउट रहेका छन् । पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले रित्र दत्तालाई ४ रनमा पेभिलिएन फर्काए ।

त्यस्तै तेस्रो ओभरको चमिन्डा रुवानलाई सोमपालले नै ६ रनमा र सन्दीपले कप्तान चेतन सूर्यवंशीलाई ५.२ ओभरमा ९ रन बनाएको अवस्थामा आउट गर्दिएका थिए ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सन्दीपले बनाए नयाँ कीर्तिमान, तोडे ६ बर्षको पुरानो रेकर्ड !