आज यस वर्षकै महँगो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौं, असोज २६  । आज साताको अन्तिम दिन अर्थात् शुक्रबार  नेपाली बजारमा  सुनको मुल्य तोलामा एक्कासी ७ सय  सय रुपैयाले बढेको छ । बिहिबार  प्रतितोला ५९ हजार  ३ सय रुपैयामा  कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ६० हजार रुपैयामा  कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार  प्रतितोला ५९ हजार  रुपैयामा कारोबार भैरहेको तेजावी सुनको मुल्य आज तोलामा ५९ हजार ७ सय रुपैयामा  कायम रहेको महासंघले जनाएको छ । आजको सुनको भाउ यस वर्ष कै महँगो हो।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । शुक्रबार प्रतितोला ७ सय ४०  रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ७ सय ४५ रुपैयामा  कारोबार भैरहेको  महासंघले जनाएको छ ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कुन देशको मुद्राको दर घट्यो ? कुन देशको बढ्यो ? हेर्नुहोस् आजको विनियम दर !