नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध !

Leaderboard Banner

काठमाडौँ, नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ ।

दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बस दुर्घटना हुँदा दुईको घटनास्थलमा नै मृत्यु ! पाँच जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो !