नुवाकोटमा दुखद बस दुर्घटना ! एक महिलाको घटनास्थलमै मृत्यु, मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु र ३० जना भन्दा धेरै घाइते भएको जानकारी प्राप्त भएको छ।

बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएको बुझिएको छ। दुर्घटना फेदीखोला भन्ने स्थानमा भएको बुझिएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा नाम नखुलेकी एक महिला रहेकी छिन्। अहिले नेपाल प्रहरी सहित स्थानीय उद्धार कार्यमा जुटेका छन्। उद्धार कार्य जारी रहेको हुँदा घटनामा हाताहाती हुनेको संख्या एकिन रुपमा भने प्राप्त भएको छैन। साथै अन्य जानकारी पनि प्राप्त भैसकेको छैन।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध !