गौशालाको सडकपेटीमा हिँडिरहेकी महिलालाई बसले ठक्कर दिँदा मृत्यु ! पहिचान खुल्न सकेन !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- बसको ठक्करबाट गौशालामा गएराती एकजना पैदलयात्रुको ज्यान गरेको जानकारी प्राप्त भएको छ। सडकपेटीमा हिँडिरहेकी एक महिललाई बा ३ ख ५२२५ बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई मेडिकल कलेज सिनामंगलमा पुर्याइए पनि विहीबार रातिनै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत महिलाको अहिले सम्म पनि पहिचान खुल्न सकेको छैन। प्राप्त जानकरी अनुसार महिला अन्दाजी ४५ वर्षकी रहेकी छिन्।

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। चालक अहिले प्रहरी वृत्त गौशालामाको हिरासतमा रहेका छन्।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५०९:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरकारले रोजगारीको लागि रोक्का गरेको विदेशी ६३ कम्पनीहरु यी हुन् ! थाहापाइराख्नुस् !