रोनाल्डोविनाको पोर्चुगलको संघर्षपूर्ण जित

Leaderboard Banner

चर्जाे (एजेन्सी) – स्टार फरवार्ड रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । पोर्चुगलले पोल्यान्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

पोल्यान्डको चर्जाेस्थित सिलेसियन स्टेडियममा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल खेलको १८औं मिनेटमा पछि परेको थियो । पोल्यान्डका क्रिस्टप पियाटेकले कुर्जावाको पासमा गोल गर्दै पोर्चुगल १–० ले पछि परेको थियो । तर, पोर्चुगल खेलमा फर्कदै ३१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।

पोर्चुगलका आन्द्रे सिल्भाले पिज्जीको पासमा बराबरी गोल फर्काउन सफल भएका थिए । कामिल जिलिकले ४३औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

५२औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले खेलमा ३–१ को सहज अग्रता बनाएको थियो । विलियम कार्भालोको पासमा सिल्भाले सहजै गोल गरेका थिए । त्यसपछि भने पोर्चुगलले दवावमा खेल्नुपरेको थियो ।

दवावसँगै पोर्चुगलले ७७औं मिनेटमा गोल खान पुगेको थियो । जाकुव ब्लाजसेज्नीवस्कीले रोवर्ट लिवान्डोस्कीको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

त्यसपछि पोर्चुगलले अन्तिम समयसम्म आफ्नो अग्रता जोगाउदै ३–२ को जित निकाल्न सफल भयो । जितपछि पोर्चुगल समुह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।

युइएफए नेसन्ल लिगका अन्य खेलको नतिजाहरु :

रसिया विरुद्ध स्वीडेन (०–०)

इजरायल विरुद्ध स्कटल्यान्ड (२–१)

लिथुवानिया विरुद्ध रोमानिया (१–२)

मोन्टेनेग्रो विरुद्ध सर्विया (०–२)

फारोइ आइल्यान्ड विरुद्ध अजरबैजान (०–३)

कोसोभो विरुद्ध माल्टा (३–१)

प्रकाशित : शुक्रबार, असोज २६, २०७५०९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वर्षाको कारण खेल रोकियो, नेपालको मध्यम प्रर्दशन ! यस्तो छ अहिले सम्मको ताजा स्थिति !