अर्जेन्टिनाले मेक्सिकोसँग नोभेम्बारमा दुई खेल खेल्दै

Leaderboard Banner

एजेन्सी– मेक्सिको र अर्जेन्टिना नोभेम्बर महिनामा दुई मैत्रीपूर्ण खेलमा खेल खेल्ने भएका छन् । दुवै खेल अर्जेन्टिनाको घरेलु मैदानमा हुने फेडेरेशनका प्रवत्ता बेट्रिज रामोसले बुधबार घोषणा गरेका हुन् । तर, कुन शहरमा हुने भन्ने अझै पुष्टि हुन बाँकी छ ।

यस हप्ताको शुरुवातमा बोका जुनियर्सको एक खेल प्रशिद्ध बोम्बोनेरामा खेल्ने छ भने दोस्रो खेल दक्षिण अमेरिकी राष्ट्रको इन्टेरियरमा आयोजित हुन सक्ने छ । तर, आधिकारीक घोषणा केही पछिको मितीमा गरिने छ । ‘हामी नोभेम्बरमा फिफा डेट खेलका लागि अर्जेन्टिना फुटबल एसोशिएशनसँग सम्झौसम्म पुगेका छौ । शनिबार १७ औं र मंगलबार २० औं शहरको स्थान परिभाषित हुने छ ।’ रामोसले भने, ‘हामी प्रतिद्वन्द्वीको बारेमा धेरै खुशी छौ । यस देशमा आगन्तुकको रुपमा खेल्दै छौ र यस्तो एक प्रसांगिक पल बनाउन सक्षम छौं ।’

मेक्सिकोले खासगरी नोभेम्बर खेलको तयारीका लागि युरोप जाने योजना बताएको समेत खुलेको छ । तर, युइएफए राष्ट्र लिगमा भाग लिने अधिकांस युरोपीयली राष्ट्रसँग तयारीका लागि आफ्नो प्रतिद्वन्द्वी खोज्न मुस्किल पर्ने छ । २०१८ विश्वकपमा प्रशंसको आशा कम भएपछि मेक्सिको र अर्जेन्टिना दुबैलाई वर्तमानमा एक अतिरिक्त प्रबन्धले नेतृत्व गर्दै छन् । मेक्सीको फेरी एक पटक विश्वकपको शिर्ष १६ मा पुगेको थियो ।

टिग्रेस म्यानेजर टुका फेरेट्टीले जुआन कार्लोस ओसोरिओका लागि पदभार सम्हालेका थिए । जसलाई एक नयाँ परियोजना सम्हाल्न छोडी दिएका छन् । एक निराशाजनक समूह चरणका एक खेल जिते पछि अर्जेन्टिनालाई विश्वकप च्याम्पियन फ्रान्सले पराजित गरेको थियो । जर्ज साम्पोलीले टोली छोडे पछि हाल अर्जेन्टिनालाई लियोनल स्कोलिनीले सम्हाली रहेका छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप पछि आफ्नो राष्ट्रिय टिममा फर्किएका छैनन् । तर नोभेम्बरको खेलका लागि उनी टोलीमा फर्किन सक्ने अनुमान गरिएको छ । मेक्सिकोले नयाँ पिढिलाई प्राथमिकता दिने छ । पीएसभी विंगर हिर्भिङ लोजानो र वोल्भस फरवार्ड राउल जिमेनेज स्थिर छन् । तर, पोर्टो मिडफिल्डर हेक्टो हेरेरा, वेस्टह्याम फरवार्ड जाभियर हेर्नानडेज र रियल बेटिस मिडफिल्डर आन्द्रेस ग्रुडाडो सबै सेप्टेम्बर र अक्टुवर अन्तराष्ट्रिय विन्डोजका लागि युरोपमा छन् ।

पछिल्लो पटक २०१५ मा टेक्सासको लडाससँग एटी एण्ड टी स्टेडियममा प्रतिस्पर्धा गरेका थिए । जहाँ मेस्सीले ८९ मिनेटमा दुई गोल गर्दै २–२ ले बराबरी गरेका थिए । बमेक्सिकोका लागि जाभिरले १९ औं मिनेटमा र हेक्टर हेरेराले ७० औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५०८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस सिजन किन असफल हुँदैछ रियल म्याड्रिड ? यस्ता छन् तीन कारण