बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- बिहिबार कैलालको गोदावरी नगरपालिकामा सडक दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका १ वनखेत नजिकै टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना५ख ८०४९ नम्बरको बसले विपरित दिशा बाट आउँदै गरेको से५प ७५३६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

दुर्घटना परि मृत्यु हुनेहरुमा गोदावरी नगरपालिका–६ का २८ वर्षीय हेमन्त साउद र २६ वर्षका विक्रम खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित : बिहिबार, असोज २५, २०७५१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन