किशोरीलाई मोटरसाइकलमा राखी जङ्गल लगेर सामुहिक बलात्कार !

Leaderboard Banner

काठमाडौँ- रुपन्देहीमा १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन्। किशोरी माथि असोज २३ गते बेलुका ८ बजे बलात्कार भएको बुझिएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन्।

किशोरीले प्रहरीमा उजुरी दिने क्रममा स्थानीय शिबनगर जंगलमा उनी माथि सामूहिक बलात्कार भएको बताएकी छिन्। बुटवलमा चलिरहेको मेला घुमेर फर्किने क्रममा उनी माथि बलात्कार भएको थियो।

उजुरी पछि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलले घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा पनि फेला परेको छ। किशोरीले जाहेरी दिएको अ आधारमा दुई जना पक्राउ परेको भएता पनि घटनास्थलबाट ४ थान कण्डम बरामद भएको हुँदा घटनामा अन्य पनि संलग्न भएको हुन सक्ने प्रहरीले बताएको छ।

प्रकाशित : बिहिबार, असोज २५, २०७५१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालमै खुल्यो क्याननको शाखा !